सिरहा काङ्ग्रेसको सभापतिमा रामचन्द्र यादवको उम्मेदवारी घोषणा

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,पुस २७ गते।  

नेपाली कांग्रेस सिरहाको जिल्ला सभापतिमा रामचन्द्र यादवले उम्मेदवारी दिने घोषणा गरेका छन् ।सिरहाको जिरोमाइलस्थित निवासमा राम चन्द्र यादवले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।यादव अहिले पनि सिरहा कांग्रेसको जिल्ला सभापति हुन्।

नेपाली कांग्रेसका प्रदेश सभापति कृष्ण यादव,केन्द्रीय सदस्य रमेश रिजाल र सप्तरीका सभापति दिनेश यादव लगायतका नेताहरुले निवासमै एक कार्यक्रमको आयोजना गर्दै राम चन्द्र लाई सभापतिमा उम्मेदवारी दिन आग्रह गरेका थिए।

त्यसपछि रामचन्द्रले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।यादव पूर्वसांसद तथा संविधान सभा सदस्य समेत रहेका थिए।रामचन्द्र सभापति शेरबहादुर देउवा निकट मानिन्छन्।रामचन्द्रले आफ्नो पूरा प्यानल विजयी हुने दावी गरेका छन् ।

पहिलो पटक ३ सय मतान्तरले विजयी भएका थिए,उनले भने,‘यसपटक करिब ५ सय मतले विजयी हुन्छु दाबी गरेका छन्।

रामचन्द्र पार्टी सभापतिमा पुनः दोहोरिने भएपछी  कार्यकर्ताहरूमा उत्साह जागेको छ,यादवलाई कार्यकर्ताहरुले  लोकप्रिय नेताको रूपमा मान्दै आएका आयोजकले जानकारी दिनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *