प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ २ गते।  

प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ ।

यसअघि माघ ३ गते सोमबार १ बस्नेगरी बोलाइएको प्रतिनिधि सभाको बैठक कोरोनाको कारण देखाउँदै माघ १६ गते बस्नेगरी स्थगित भएको हो ।

संघीय संसदका महासचिव भरतराज गौतमले आइतबार सुचना जारी गर्दै कोभिड संक्रमणका कारण माघ ३ मा बोलाइएको बैठक बस्न नसक्ने भएकाले माघ १६ गते आइतबार दिउँसो १ बजे बस्नेगरी समय र परिवर्तन गरिएको बताएका छन् ।

यसअघि राष्ट्रिय सभाको बैठक पनि अनिश्चित कालका लागि आजै स्थगित गरिएको सुचना संसद सचिवालयले जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *