अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, माघ १३ गते।
मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेदवार मोहम्मद खालिक सिद्दिकी र उर्मिला अर्याल विजयी भएका हुन् ।
सिद्दिकीले स्थानीय तह तर्फ १ सय ७१ मत अर्थात ३ हजार ७८ मतभार प्राप्त गरेका छन् । अर्यालले स्थानीय तह तर्फ १ सय ५८ मत अर्थात २ हजार ८ सय ४४ मतभार प्राप्त गरेकी थिईन । प्रदेश सभा तर्फ ६९ मत अर्थात ३हजार ३सय १२ मतभार र सिद्दिकीले ७५ मत अर्थात ३ हजार ६ सय मतभार प्राप्त गरे । यसरी स्थानीय तह र प्रदेश गरी सिद्दिकीले ६ हजार ६ सय ७८ मतभार र अर्यालले ६ हजार १ सय ५६ मतभार प्राप्त गरेका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार अर्यालका प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले स्थानीय तहको ८१ मत अर्थात १ हजार ४ सय ५८ र प्रदेश तर्फ २७ मत अर्थात १ हजार २ सय ९६ मत गरी कुल मतभार २ हजार ७ सय ५४ पाएकी थिईन ।
त्यसैगरी, एमालेकी उम्मेदवार बिनादेवि साहले स्थानीय तह तर्फ ९ अर्थात १६२ मतभार र प्रदेश तर्फ ३ अर्थात १४४ गरी ३ सय ६ मतभार पाएकी हुन् । त्यसैगरी, सिद्दिका प्रतिद्वन्दी तथा एमाले र लोसपा गठबन्धनका उम्मेदवार उसमान अन्सारीले स्थानीय तह तर्फ ८७ मत अर्थात १ हजार ५ सय ६६ र प्रदेश तर्फ २५ अर्थात १ हजार २ सय गरी कुल २ हजार ७ सय ६६ मतभार प्राप्त गरेका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार अन्य कोटामा प्रदेश तर्फ २ र स्थानीय तहतर्फ ६ गरी ८ मत बदर भएको थियो । महिला कोटा तर्फ प्रदेश तर्फ ३ र स्थानीय तहतर्फ १६ गरी १९ मत बदर भएको थियो ।