फ्रान्स र इटालीले कोभ्याक्समार्फत प्रदान गरेका १३ लाख मात्रा खोप नेपाल आइपुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १३ गते। 

कोभिडविरुद्धको खोप अभियानलाई सघाउन फ्रान्स र इटालीले कोभ्याक्समार्फत प्रदान गरेका १३ लाख मात्रा खोप नेपाल आइपुगेको छ।

काठमाडौंस्थित फ्रान्स र जर्मनीका उच्च कूटनीतिक अधिकारीसहित नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेज नेतृत्वको टोलीले बुधबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई १३ लाख मात्रा खोप हस्तान्तरण गरेको छ।

नेपालको आवश्यकतालाई ध्यान दिँदै फ्रान्स र इटालीले १३ लाख खोप सहयोग गरेकोमा मन्त्री खतिवडाले कृतज्ञता ज्ञापन गरे। ‘यो सहयोग नेपाल र युरोपेली सङ्घका सदस्य राष्ट्रहरूबीचको मैत्रीपूर्ण सम्बन्धको उदाहरण हो,’ मन्त्री खतिवडाले भने।

राजदूत डेप्रेजले फ्रान्स र इटालीले दिएको खोप र यसअघि जर्मनीले प्रदान गरेका खोप नेपालसँगको इयूको मित्रताको प्रतीक भएको बताए। ‘यसले कोभिडबिरुद्ध विश्वव्यापी एकता र बहुपक्षीय समाधानका लागि इयूको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ,’ उनले भने।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *