गुगलका सीईओ सुन्दर पिचाईविरुद्ध एफआईआर दर्ता

अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, माघ १२ गते।

गुगलका सीईओ सुन्दर पिचाईविरुद्ध कॉपीराइटको मुद्दामा एफआईआर दर्ता भएको छ ।

फिल्म निर्माता सुनिल दर्शनले गुगलका सीईओविरुद्ध मुम्बईको अदालतमा अपिल गरेका थिए । यस मामिलामा ६ जनाविरुद्ध एफआईआर दर्ता गरिएको छ।

गुगलका सिइओ सुन्दर पिचाई र माइक्रोसफ्टका कार्यकारी अध्यक्ष तथा सिइओ सत्य नाडेलालाई पद्म भूषणले सम्मान गरेको छ । पद्म भूषण भारत रत्न र पद्म विभूषण पछिको भारतको तेस्रो ठूलो सम्मान हो ।

७३ औं गणतन्त्र दिवसको अवसरमा उनीहरुलाई सो सम्मान दिइएको हो । व्यापार र उद्योग श्रेणी अन्तर्गत उनीहरुलाई सो सम्मान दिइएको हो ।

मुम्बई अदालतले यस मामिलामा गुगलका सीईओ सुन्दर पिचाई र अन्य ५ विरुद्ध एफआईआर दर्ता गर्न आदेश दिएको छ।

सुनिल दर्शनले धेरै बलिउड चलचित्र निर्देशन गरेका छन् । सन् २०१७ मा उनको अन्तिम फिल्म ‘एक हसिना थी एक दीवाना था’ आएको थियो । उनको अनुमति बिना नै यो चलचित्र युट्युबमा अपलोड गरिएको हो ।

सुनिल दर्शनले भने, ‘मैले फिल्मको अधिकार कसैलाई दिएको छैन । विगत धेरै वर्षदेखि म युट्युब विरुद्ध लडिरहेको छु।

अहिलेसम्म उहाँहरुको प्रतिक्रिया आएको छैन । मैले बनाएको चलचित्र, जुन मेरो सम्पत्ति हो, युट्युबमा अपलोड गरेर अरू कसैले पैसा कमाउँदैछन् ।

मैले धेरै पटक गुनासो गरे तर कुनै प्रतिक्रिया आएको छैन। अन्ततः म अदालत गएँ, त्यसपछि मुम्बई पुलिसले एफआईआर दर्ता गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *