डा. बाबुराम भट्टराई पनि कोरोना संक्रमित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १२ गते। 

जसपा नेपालका संघीय परिषद्का अध्यक्षडा. बाबुराम भट्टराई पनि कोरोना संक्रमित भएका हुन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूलाई दोस्रोपटक कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

डा. भट्टराईले आफूनिकट सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘सतर्कता अपनाउॅदा अपनाउॅदै पनि मलाई दोश्रो पटक कोरोनाको संक्रमण भएको छ ! केही समय यता निकट सम्पर्कमा आउनुभएकाहरू सतर्क रहनुहोला ! लक्षण सामान्य छ ! केही दिन आइसोलेसनमा रहनेछु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *