अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन १२ गते।
आज प्रतिनिधि सभाको बैठक बस्दै छ ।
आज बस्ने बैठकमा एमसीसी सम्बन्धी छलफल हुने भएको छ ।
आजको प्रतिनिधि सभाका लागि दुईवटा सम्भावित कार्यसूची रहेका छन् । जसमा एमसीसी सम्झौताबारेको छलफल रहेको छ । अर्को कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
गत आइतबारको बैठकमा सरकारले एमसीसी सम्झौता टेबल गरेको थियो । एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ ।
ठूला राजनीतिक दलमध्ये कांग्रेस स्पष्ट रुपमा खुलेर एमसिसीका पक्षमा देखिएको छ । एमसीसी संसदबाट अनुमोदन गराउन कांग्रेसले दौडधुप गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवादेखि नेता रामचन्द्र पौडेलसम्म भेटघाटमा सक्रिय भएका छन् ।
सत्ता गठबन्धनका अन्य दललाई पनि एमसिसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गर्दै छलफलको प्रयास जारी राखेको छ । पाँच दलीय गठबन्धनमा माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र एमसीसीको विषयमा विवाद रहेको छ ।