अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन २४ गते।
परराष्ट्रमन्त्री डा नारायण खड्का आज साँझ टर्की भ्रमणमा जादै छन् ।
यही मार्च ११-१३ मा आयोजना हुने अन्टाल्या कूटनीति मञ्च (एडीएफ)मा सहभागी हुन उनी टर्की जान लागेका हुन् ।
कार्यक्रममा ५० भन्दा बढी परारष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरूको सहभागिता रहने छ । ‘रिकोडिङ डिप्लोमेसी’ नाम दिइएको यस वर्षको फोरममा मन्त्री खड्काले ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा ‘एशिया नयाँ : दिगो क्षेत्रीय विकासको लागि’ भन्ने विषयमा हुने छलफलमा भाग लिने छन् ।
फोरमको साइडलाइन वार्ताको क्रममा मन्त्री खड्काले टर्कीका समकक्षी र अन्य देशका विदेशमन्त्रीहरुसँग पनि दुईपक्षीय भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।