नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक बस्दै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र १ गते।

नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक बस्दैछ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिहान ९:१५ बजे बैठक सुरु हुने जनाइएको छ।

बैठकमा नेपाल र साउदी अरब सम्बन्धका सबै आयामहरुमा छलफल गरिने परराष्ट्र  मन्त्रालयले जनाएको छ। बैठक सकिएपछि आज नेपाल र साउदीबीच​ जनरल कोअप्रेसन एग्रीमेन्टमा हस्ताक्षर हुने जनाइएको छ।

बैठकमा सहभागी हुन साउदी विदेशमन्त्री सोमबार काठमाडौं आइपुगेका हुन् । उनले आज राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *