ड्राइभिङ लाइसेन्सको वितरण प्रणाली आवेदन अनिश्चितकालका लागि बन्द

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र १ गते।

ड्राइभिङ लाइसेन्सको वितरण प्रणाली आवेदन अनिश्चितकालका लागि बन्द भएको छ ।

सोमबार एक सूचना जारी गरी सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली अनिश्चतकालको लागि स्थगन गर्न लागेको विभागका सूचना अधिकारी लोकनाथ भुसालले बताए ।

‘अहिलेसम्म परेका अनलाइन आवेदनहरुलाई सकाउनको लागि स्थगन गर्न लागिएको हो,’ उनले भने, ‘लगभग एक महिना जति अनलाइन आवदेन बन्द हुन्छ ।’ अहिले ३–४ लाख जनाले अनलाइन आवेदन दिएर मिति पर्खिरहेको उनले जानकारी दिए ।

ती सबै आवेदकहरुको काम सकिएपछि मात्र अनलाइन आवेदन पुनः लिन थालिने उनले बताए । अब एक सातामै पालो आउने गरी नयाँ आवेदन प्रणाली खुलाउने योजना विभागको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *