अनलाईन न्युजपाटी ,काठमाडौँ समाचारदाता,असार २७ गते।
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ ।
बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन, नेविसङ्घको संशोधित विधान, बजार मूल्य वृद्धि र समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
साथै भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका महाधिवेशन सुनिश्चित गर्नुपर्ने, नेविसंघलगायत भ्रातृ संस्थालाई पूर्णता दिनुपर्ने माग पनि उठेको छ। काँग्रेसले केही नयाँ भातृ तथा शुभेच्छुक संघसंस्थालाई मान्यता दिन लागेको छ। यसबारे पनि केन्द्रीय समितिमा छलफल गरी निर्णय लिने काँग्रेसले जनाएको छ।