आज विद्यादेवी भण्डारी आइसल्याण्ड भ्रमणमा जाँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक २१ गते।

आज राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्ड भ्रमणमा जाँदैछिन् ।

डब्लुपीएल कार्यक्रममा सहभागी हुन उनी आज साँझ ६ बजे कतार एयरवेजको जहाजमार्फत आइसल्याण्ड प्रस्थान गर्ने भएकी हुन् ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालका अनुसार राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज आइसल्याण्ड भ्रमणमा जाने बताएका छन् । राष्ट्रपतिको भ्रमणका क्रममा केही औपचारिक कार्यक्रमसमेत आयोजना हुनेछ ।

राष्ट्रपति भण्डारी कतार एयरवेजकै जहाजमार्फत कात्तिक २६ गते बिहान ७:३० बजे स्वदेश फर्किनेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *