नेपाल भारत सीमा नाका तीन दिन बन्द हुने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक २० गते।

आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी नेपाल भारत सीमा नाका तीन दिन बन्द हुने भएको छ ।

नेपाल र भारतका सुरक्षा अधिकारीबिच शनिबार भैरहवामा भएको बैठकले मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म दुवै पक्षबाट नाका बन्द गर्ने निर्णय गरेको हो ।

विगतका चुनाव जस्तै यस पटक पनि ७२ घण्टा नाका सिल गर्ने निर्णय भएको छ,’रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले भने ।

बैठकमा सीमा क्षेत्रमा हुने हातहतियारको तस्करी, लागूऔषध ओसारपसार, मानव बेचबिखन नियन्त्रणका वारेमा जनचेतनाका कार्यक्रम सञ्चालन, निगरानी तथा सुरक्षा उपायहरू अपनाउने, नक्कली नोट नियन्त्रण लगायतका साझा सवालका विषयमा विभिन्न निर्णय गर्दै दुवै पक्षबाट कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले  जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *