अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,कार्तिक २० गते।
रुसको कोस्ट्रोमा सहरको एक बारमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ ।
रुसी सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै एक जना रक्सीले मातिएका ग्राहकले डान्स फ्लोरमा फ्लेयर गन चलाउँदा आगो सुरु भएको बताएको छ।
आगो छतको बत्तिको केही भागहरूमा फैलिएपछि कोठा तुरुन्तै धुँवाले भरिएको र यसलाई निभाउन केही घण्टा लागेको बताइएको छ ।
आगलागीबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।