अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर ५ गते।
गुल्मी जिल्लामा स्थगित भएको मतदान केन्द्रमा मंगलवार पुनः मतदान हुने भएको छ ।
स्थगित वा मतदान केन्द्रमा दुई दिनभित्र पुनः मतदान गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइएको निर्वाचन आयोगले बताएको छ ।
जिल्लाको क्षेत्र नम्बर– १ को कालीगण्डकी गाउँपालिका वडानम्ब-२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा मंसिर ६ गते मंगलवार पुनः मतदान हुने भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए ।
यो केन्द्र बाहेक जिल्लाका अन्य मतदान केन्द्रको मतदान सकेर जिल्ला सदरमुकाम तम्घासमा मतपेटिका ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।