विश्वकप फुटबलमा आज तीन खेलहरू हुँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर ५ गते।

सन् २०२२ को विश्वकप फुटबलको महाकुम्भ सुरुवात गरिएको हो । विश्वकप फुटबलमा आज तीन खेलहरू हुँदै छन्।

आज हुने पहिलो खेलमा इंग्ल्यान्ड र इरानबिच प्रतिस्पर्धा हुनेछ। इंग्ल्यान्ड र इरानबिचको खेल बेलुका ६:४५ बजे सुरु हुनेछ। समूह बी मा रहेको इंग्ल्यान्ड र इरान जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ।

समूह बी अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबिच प्रतिस्पर्धा हुनेछ।  अमेरिका र वेल्सबिचको खेल राति १२:४५ बजे सुरु हुनेछ। त्यस्तै समूह ए अन्तर्गत सेनेगल र नेदरल्यान्ड्सबीच खेल हुनेछ। सेनेगल र नेदरल्यान्ड्सबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ।

उद्घाटन खेलमा आयोजक कतारलाई २-० ले हराएर इक्वेडरले विजयी सुरुआत गरिसकेको छ।

सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ। यस विश्वकपमा कुल ६४ खेल हुनेछ।

विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *