अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, साउन १६ गते
छिमेकी मुलुकहरूबाट सीमा नाका भई नेपाल आउनेहरुलाई परिचयपत्र हेरेर मात्र प्रवेश गर्न दिन निर्णय गरिएको छ ।
सुनसरी जिल्लामा भएको दुःखद् घटनापछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले शुक्रबार बिहान जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, धार्मिक–सामाजिक सद् भाव सम्बन्धी समन्वय बैठकबाट सिमा प्रवेश गर्नेलाई परिचय पत्र देखाएर प्रवेश गर्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताएका छन् ।
साथै सामाजिक सञ्जालमा सद्भाव भड्काउने किसिमका अफवाह, भ्रामक, अपुष्ट र द्वेषपूर्ण सामग्रीहरू सम्प्रेषण नगर्नुको साथै त्यस्ता सामग्रीहरु शेयर नगर्न समेत आग्रह गर्ने र कहि कतै कसैले त्यस्ता कार्य गरेमा संलग्न जोकोहीलाई प्रचलित नेपाल कानून बमोजिम कडा कारवाही गर्ने निर्णय बैठकबाट गरिएको उनले बताए ।