अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर २२ गते।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज धनगढी जाँदै छन्।
कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गर्न लागेको १६औँ संस्करणको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री देउवा आज धनगढी जाँदै छन्।
प्रधानमन्त्री देउवा ११ बजे काठमाडौंबाट आउने संघले जनाएको छ। उनका अनुसार महोत्सव उद्घाटन समारोहमा विभिन्न जातिका नृत्य प्रदर्शन गर्ने तयारी छ।
सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सङ्घले महोत्सव आयोजना गरेको हो। महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ।