नवलपरासीमा सवारी दुर्घटना हुँदा १७ जना घाइते

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर २२ गते।

नवलपरासीमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

बागलुङबाट भैरहवा जाँदै गरेको लु १ ख ४६७० नम्बरको बस र लु २ ख ८९३ नम्बरको ट्रक आज बिहान ५ बजे ठोक्किएका थिए ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

बसमा ३० जना सवार रहेकोमा अन्य यात्रु भने सकुसल रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *