धनुषाको एक इलेक्ट्रोनिक पसलमा गएराति आगलागी

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,मंसिर २२ गते। 

धनुषाको एक इलेक्ट्रोनिक पसलमा गएराति आगलागी भएको हो ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरको अमरचोकस्थित हिरा इलेक्ट्रोनिक पसलमा गएराति आगलागी भएको हो ।

मिथिला नगरपालिका २ का हिरा महतोले सन्चालन गरेको सो पसलमा बुधबार राति करिब साढे १२ बजे आगलागी भएको हो ।

आगलागीबाट पसलमा रहेका फ्रिज, राइसकुकर, पंखा, ग्यास चुल्हो लगायत सामान जलेर करिब ३० लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए ।

मिथिला नगरपालिका ढल्केबरबाट आएको वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा बिहीबार (आज) बिहान ३ बजेतिर मात्र नियन्त्रणमा आएको थियो ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *