नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस ६ गते।

नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको चुनावमा देउवा ६४ मत ल्याएर संसदीय दलको नेता चुनिएका हुन्।

उनको प्रतिस्पर्धामा उत्रिएका कांग्रेस महामन्त्री एवं काठमाडौं-४ का सांसद गगन थापाले २५ मत पाए।

निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *