पशुपति शमशेर जबराले आज शपथ लिदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस ६ गते।

ज्येष्ठ प्रतिनिधि सभा सदस्य पशुपति शमसेर जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज शपथ ग्रहण गराउँदैछिन् ।

आज दिउँसो १ बजे राष्ट्रपति कार्यालयले जबरालाई शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको छ ।

नागरिकताको प्रमाणपत्र अनुसार जबराको जन्म मिति १९९८ मंसिर २४ गते छ । यही आधारमा उनी नवनिर्वाचित सांसदहरुमध्ये सबैभन्दा जेठो ठहरिएका हुन् । जबरा राप्रपाबाट समानुपातिकतर्फका सांसद हुन् ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *