नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन आज हुँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस ६ गते।

आज नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन हुँदै छ ।

कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको मात्र उम्मेदवारी परेको छ । सभापति देउवा र महामन्त्री थापाले मंगलबार संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गरेका हुन्।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा बिहान ८ देखि १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रकृयामा भाग लिनेछन् ।

दलको नेता चयन हुनका लागि बहुमत ल्याउनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *