अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २९ गते।
प्रधानमन्त्री कप क्रिकेटअन्तर्गत आज चार खेल हुँदै छन्।
त्रिवि क्रिकेट मैदानमा दुई र मूलपानी मैदानमा दुई टिमले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
कर्णालीले २ मध्ये १ खेलमा जित हात पारेको छ भने सुदूरपश्चिमले १ खेल मात्रै खेलेको छ र आजको खेलमा पहिलो जितको खोजीमा हुनेछ।
मूलपानी क्रिकेट मैदानमा हुने खेलमा त्रिभुवन आर्मी र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ।
आर्मीले पनि दुईमध्ये १ खेल जितेको छ भने प्रदेश १ ले एउटा मात्र खेल खेलेको छ र त्यसमा उसले पराजयको सामना गरेको थियो।
त्यस्तै टीयू मैदानमा हुने दोस्रो खेलमा प्रदेश २ र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
प्रदेश २ ले २ खेलमध्ये १ मा जित हात पारेको छ भने आफ्नो पहिलो खेलमा हारको सामना गरेको लुम्बिनीले आज दोस्रो खेल खेल्न लागेको हो।
मूलपानी क्रिकेट मैदानमा हुने दोस्रो खेलमा एपीएफ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
एपीएफले यसअघिका दुवै खेलमा जित हात पारेको छ भने दोस्रो खेल खेल्न लागेको गण्डकीले पहिलो खेलमा पराजयको सामना गरेको थियो।