अति आवश्यक अवस्थामा बाहेक कोरोना भाइरसको जोखिम भएका मुलुकमा भ्रमण नगर्न अध्यागमन विभागको आग्रह

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २९ गते।  

नयाँ भेरियन्ट भएका मुलुकमा नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिलाई अति आवश्यक अवस्थाबाहेक यात्रा नगर्न अध्यागमन विभागले अनुरोध गरेको छ।

बुधवार ट्राभल एडभाइजरी जारी गर्दै विभागले भनेको छ, ‘नयाँ भेरियन्टको सङ्क्रमणको जोखिम भएको मुलुकहरूमा नेपालबाट यात्रा गर्न योजना बनाएका व्यक्तिहरूले अति आवश्यक अवस्थामाबाहेक यात्रा नगर्न अनुरोध गरिन्छ ।’ गत सोमबारको गृहमन्त्रिस्तरीय निर्णय अनुसार विभागले बुधवार ट्राभल एडभाइजरी जारी गरेको हो ।

नेपाल सरकारले ओमिक्रोनको सङ्क्रमण सुरुमै देखिएका दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामिबिया, लेसोथो, इन्वाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट सिधै नेपाल आउन वा ती मुलुकलाई ट्रान्जिट बनाएर नेपाल आउन १६ मङ्सिरबाटै रोक लगाएको छ । यो रोकलाई निरन्तरता दिनुका साथै तीन साता भित्र ती मुलुकको भ्रमण गरेका यात्रुले समेत नेपाल आउन पाउँदैनन् ।

यी दुई मुलुकबाहेकका देशबाट आउने विदेशी नागरिक(गैर आवासीय नेपालीसमेत)ले विदेशबाट ८ असोजमा जारी भएको नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८ का प्रावधानका आधारमा नेपालको भ्रमणमा आउन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *