टी-२० विश्वकपको फाइनलमा आज पाकिस्तान र इंग्ल्यान्डबिच प्रतिस्पर्धा हुँदै

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,कार्तिक २७ गते।

टी-२० विश्वकपको फाइनलमा आज पाकिस्तान र इंग्ल्यान्डबिच प्रतिस्पर्धा हुँदै छ ।

खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ ।

सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई र इङ्ल्यान्डले भारतलाई हराएको थियो ।

जारी विश्वकपमा इंग्ल्यान्डको ब्याटिङ निकै चलेको छ । जोस बटलर र एलेक्स हेल्स निकै फर्ममा छन् ।

उनीहरूले मिलेर प्रतियोगितामा पाँच सय १० रन बनाइसकेका छन् । उनीहरूले एक सय ७० रनको साझेदारी गर्दा सेमिफाइनलमा भारतलाई १० विकेटले हराएर इंग्ल्यान्डले फाइनल यात्रा तय गरेको थियो । इंग्लिस टोलीमा नवौँ नम्बरमा क्रिस बोक्स ब्याटिङ गर्न आउँछन्, जो अलराउन्डर हुन् ।

यता, समूह चरणमा चल्न नसकेको पाकिस्तानको ओपनिङ जोडीले सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध भने उत्कृष्ट खेलेको छ । यस खेलमा बाबर आजम र मोहम्मद रिजवानले एक सय पाँच रनको साझेदारी गरेका थिए । साहिन शाह अफ्रिदीले चार ओभर बलिङ गर्दै केवल २४ रन खर्चिएर दुई विकेट लिएका थिए । निकै फर्ममा देखिएका अफ्रिदीले प्रतियोगितामा कुल १० विकेट लिइसकेका छन् भने नसिम शाह, ह्यारिस रउफ र मोहम्मद वासिमको प्रदर्शन पनि निकै स्तरीय रहेको छ । लेग स्पिनर सदाब खान पनि उच्च फर्ममा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *