अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक २६ गते।
प्रधानमन्त्री कपको उपाधी एपीएफ क्लबले जितेको छ ।
डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफले प्रधानमन्त्री कपको उपाधी जितेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनलमा जितका लागि पाएको १८० रनको सामान्य लक्ष्य एपीएफले ३८.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।
एपीएफलाई जिताउन भुवन कार्कीले ५५ तथा सुमित महर्जनले ३४ रन बनाए । ४ चौका र १ छक्का प्रहार गर्दै ५५ रन बनाएका भुवन विजयी रन लिने क्रममा रनआउट भएका थिए ।