अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक २६ गते।
त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस- कार्यलयहरुमा मंसिर १ देखि ५ गतेसम्म बिदा दिने भएको छ ।
त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै मंसिर १, २ र ५ गते बिदा हुने जनाएको छ ।
अधिकांश क्याम्पस/कार्यालयहरुमा निर्वाचनका लागि मतदान केन्द्र राखिएको र क्याम्पस/कार्यालयहरुका कर्मचारीहरु निर्वाचन कर्मचारीको रुपमा खटिएको कारण पठनपाठन तथा दैनिक काम कारबाहीमा असर पुग्ने भएकोले बिदा दिर्ने निर्णय गरेको जनाएको छ ।