रौतहटबाट नक्कली नोट र अवैध हतियारका साथ ६ जना पक्राउ

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक २६ गते।

रौतहटबाट नक्कली नोट र अवैध हतियारका साथ ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मौलापुर नगरपालिका ७ का वर्ष २३ का राजाराम साह, देवाहिगोनाही ६ का वर्ष २० का धीरज जयसवाल, बारा आदर्श कोतवाल गाउँपालिका ६ का वर्ष २५ का सोनु भन्ने आनन्द कुश्वाहा, वर्ष ४५ कि प्रतिमा देवी कुश्वाहा, वर्ष २२ कि अमृता कुमारी, वर्ष १९ का ब्रीजकिशोर मुखिया रहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर ठाडा मगरले बताएका छन् ।

नेपाली हजारको नोट ८७ थान, १ थान कटुवा पेस्तोल , ना. ३३ प. २४५१ नं. को होन्डा साईन मोटरसाइकल र ना. ३ पं. १६८१ नं. को बजाज बक्सर मोटरसाइकल उनीहरूको साथबाट बरामद भएको छ।

नेपाली नक्कली नोटको कारोबार भइरहेको सूचनाको आधारमा इलाका  प्रहरी कार्यालय मौलापुरको टोलीले  राजाराम साहको घरमा शुक्रबार छापा मारेको थियो । उनको घरमा  खानतलासीको क्रममा  गर्दा नक्कली नोटका साथै  भितामाथि लुकाई राखेको कटुवा पेस्तोल थान १  बरामद भएको प्रवक्ता मल्लले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *