राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान स्वदेश फर्किए

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक २६ गते।

आइसल्याण्डबाट राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान स्वदेश फर्किएकी छिन् ।

राष्ट्रपतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतले स्वागत गरे ।

विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लूपीएल)ले गत बुधबार राष्ट्रपति भण्डारीलाई अवार्ड प्रदान गरेको थियो ।

राष्ट्रपति भण्डारी भ्रमणका क्रममा विभिन्न देशका राजनीतिक व्याक्तित्वहरुसँग भेटवार्ता पनि गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *