अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक २५ गते।
नेपाल राष्ट्र बैंकद्धारा आजको लागि विदेशी मुद्राको नेपाली मूल्य निर्धारण गरेको छ ।
जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रुपैयाँ ६० पैसा र बिक्री दर १३१ रुपैयाँ २० पैसा रहेको छ। युरो एकको खरिद दर १३० रुपैयाँ १४ पैसा र बिक्री दर १३१ रुपैयाँ ७४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ ६८ पैसा र बिक्री दर १४९ रुपैयाँ ३६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७६ पैसा र बिक्री दर ३५ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।