भारतमा एकै दिनमा थपिए दुई लाख ८२ हजारभन्दा बढी कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,माघ ५ गते।  

भारतमा एकै दिनमा दुई लाख ८२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा दुई लाख ८२ हजार ९७० जना नयाँ संक्रमित थपिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४४१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको भनाइ छ ।

हालसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन करोड ७९ लाख नाघेको छ । यसमध्ये तीन करोड ५५ लाख संक्रमित निको भएका छन् । यसबाहेक, कोभिड संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ४ लाख ८७ हजार २०२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *