बढेको शितलहरका कारण तराइ मधेशको जनजीवन प्रभावित

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,माघ ५ गते।  

मौसममा अचानक परिवर्तन हुँदा दुइ दिन देखि ह्वात्तै बढेको चिसोको कारण तराइ मधेशको जनजीवन प्रभावित बनेको छ ।

पश्चिमी वायुको प्रभावले नेपालको मैसममा केही खराबी आउने भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश नं १ र मधेश प्रदेश लगायत पहाडी भू-भागहरुमा आंशिक बदली रहने अवस्था छ । त्यस्तैगरी तराईका थोरै स्थानहरूमा हुस्सु कुहिरो लाग्नेछ ।

पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि मौसम बदली हुने, पानी पर्ने र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो प्रणालीको प्रभावले शनिबारसम्मै मौसम प्रतिकूल हुन सक्ने पूर्वानुमान मौसमविदले गरेका छन् ।

महाशाखाले देशभरि चिसो अझै पनि बढ्न सक्ने जनाउंदै विशेष सर्तकता अपनाउन आग्रह समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *