अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, माघ १२ गते।
आज भारतमा ७३ औँ गणतन्त्र दिवस मनाउदै छन्। सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेकी छन्।
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको सन्देशमा उनको सुस्वास्थ्य र सुखको कामनाका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेका छन्।
यसपटक गणतन्त्र दिवसको कार्यक्रममा धेरै परिवर्तन गरिएको छ । भारतको स्वतन्त्रताको ७३औं वार्षिकोत्सव भारतमा “आजादीको अमृत महोत्सव” का रूपमा मनाउन लागेका छन्।
अब हरेक वर्ष गणतन्त्र दिवस आठ दिन मनाइने यो वर्ष २४ जनवरी को सट्टा सुभाष चन्द्र बोसको जन्मजयन्ती २३ जनवरीबाट सुरु हुनेछ र गान्धीजीको पुण्यतिथिमा ३० जनवरी (शहीद दिवस) सम्म जारी रहनेछ।
जाडो मौसमका कारण कुहिरो पहिलेको तुलनामा कम हुन र परेड हेर्न सर्वसाधारणलाई सहजता मिलोस् भन्ने उद्देश्यले परेडको समय पनि अब १० बजेको सट्टा १०.३० (भारतीय समय अनुसार) बजे परिवर्तन गरिएको छ।
यसपटक परेडमा कोरोना भ्याक्सिनको दुवै डोज लिएका व्यक्ति मात्रै सहभागी हुन पाउनेछन् । साथै १५ वर्ष भन्दा कम उमेरका बच्चाहरूलाई अनुमति दिईएको छैन।
आज गणतन्त्र दिवसको परेडमा देशका १२ राज्य र केन्द्र शासित प्रदेशसहित ९ वटा मन्त्रालयको झाँकी प्रदर्शन गरिनेछ।