अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, माघ २३ गते।
भारतको चर्चित गायिका तथा स्वर कोकिलाको नामले परिचित (Lata Mangeshkar dies at 92) लता मंगेशकरको निधन भएको छ ।
लता मंगेशकरको ९२ वर्षको उमेरमा(singer Lata Mangeshkar passes) आज निधन भएको छ । लता मंगेशकरको निधनको खबरले बलीउड जगतमा सन्नाटा छाएको छ।
लता मंगेशकर करिब एक महिनादेखि बिरामी थिइन् । लता मंगेशकरलाई ८ जनवरीमा कोरोना संक्रमण भएपछि मुम्बईको ब्रीच क्र्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।
त्यसदिनदेखि उनी निरन्तर संघर्ष गरिरहेकी थिइन् । उपचारका क्रममा उनलाई २ दिन मात्र भेन्टिलेटरबाट हटाइएको थियो।
त्यसपछि उनको स्वास्थ्य फेरि बिग्रन थालेपछि लतालाई भेन्टिलेटर सपोर्टमा ल्याइएको थियो ।
लता मंगेशकरको मधुर स्वर उनका फ्यानको कानमा गुन्जिरहेको छ । अब यो आवाज सदाको लागि मौन भएको छ ।
उनले आइतबार बिहान अस्पतालमा अन्तिम सास लिए।