आक्रमण गरेको दोस्रो दिन रूसी सैनिकहरू युक्रेनको राजधानीतिर बढ्दै

अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, फाल्गुन १३ गते। 

आक्रमण गरेको दोस्रो दिन रूसी सैनिकहरू युक्रेनको राजधानीतिर बढ्दै छन्।

द न्युयोर्क टाइम्सका अनुसार युक्रेनको उत्तरी छिमेकी बेलारूसमा रहेका रूसी सैनिकहरू राजधानी किएभतर्फ अघि बढिरहेका छन्।

युक्रेनी र अमेरिकी अधिकारीहरूका अनुसार रूसी राष्ट्रपति भ्लादिमिर पुटिन किएभको सत्ता पल्टाउन चाहन्छन्।

रूसी सैनिकहरू बेलारूसबाट अघि बढेसँगै युक्रेनको राजधानी किएभमा बिस्फोटहरू भएका छन्।

शुक्रबार एक सम्बोधन गर्दै जेलेन्स्कीले भनेका छन्- उनीहरूले पहिलो निशाना मलाई बनाएका छन्। त्यसपछि उनीहरूले मेरो परिवारलाई मार्नेछन्। राष्ट्र प्रमुखलाई मारेर उनीहरू युक्रेनलाई राजनीतिक रूपमा ध्वस्त पार्न चाहन्छन्।

आफू युक्रेन नछोडेर नभाग्ने जेलेन्स्कीले बताएका छन्।

‘म राजधानीमै बस्नेछु र मेरो परिवार पनि युक्रेनमै रहनेछ,’ उनले भनेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *