भारतका चर्चित सेयर व्यावसायी राकेश झुनझुनवालाको निधन, को हुन् उनि ?

अनलाईन न्युजपाटी एजेंसी,समाचारदाता,साउन २९ गते ।

भारतीय सेयर बजारमा बिग बुल, सेयर बजारका बादशाह, भारतका ‘वारेन बफेट’ नामले परिचित राकेश झुनझुनवालाको निधन भएको छ। दिग्गज लगानीकर्ता राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा निधन भएको छ।

झुनझुनवालालाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा ल्याइएको थियो। झुनझुनवाला केहि साताअघि अस्पतालबाट डिस्चार्ज भएका थिए । ब्रीच क्यान्डी अस्पतालले वरिष्ठ व्यापारी झुनझुनवालाको मृत्यु भएको पुष्टि गरेको छ। आज बिहान ६:४५ बजे अस्पतालले राकेश झुनझुनवालाको मृत्यु भएको पुष्टि गरेको हो।

झुनझुनवालालाई भारतको वारेन बफेट पनि भनिन्छ। उनको मृत्युको खबरले सबै स्तब्ध भएका छन्। उनको निधनको खबर यस्तो समयमा आएको हो जब उनले भर्खरै आफ्नै एयरलाइन सुरु गरेका थिए । जसको नाम अकासा एयर हो।

आकाश एयरमा राकेश झुनझुनवाला र उनकी पत्नी रेखाको सबैभन्दा ठूलो सेयर छ। दुवैको कुल सेयर ४५.९७ प्रतिशत रहेको छ।

झुनझुनवालाले गत जुलाई ५ मा जन्मदिन मनाएका थिए। उनको आकस्मिक निधनको खबरले भारतीय सेयर बजार स्तब्ध भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *