सुदूरपश्चिम प्रदेश लोक सेवा आयोग द्धारा कर्मचारीका लागि दरखास्त आह्वान

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख १४ गते।

सुदूरपश्चिम लोकसेवा आयोगले प्राविधिक तर्फ कर्मचारी माग गरेको छ।

आयोगले बिहिबार सूचना प्रकाशित गरी चौथो प्राविधिक तर्फ विभिन्न पदका लागि जागिर खुलाएको हो।

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ती गर्ने गरी दरखास्त आह्वान गरिएको छ। योग्यता पुगेको उम्मेदवारले अनलाइनमार्फत् फारम भर्न सक्नेछन्। आयोगले जेठ ३ गतेसम्म म्याद दिएको छ भने दोब्बर दस्तुरको म्याद जेठ १० गतेसम्म तोकेको छ। १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन सक्नेछन्। साथै महिला तथा अपांगता भएका उम्मेदवारहरुको हकमा ४० वर्ष उमेर अधिकतम उमेर कायम गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *