काठमाडौँ महानगरपालिका द्धारा करार सेवामा नगर प्रहरी नियुक्तिका लागि दरखास्त आह्वान

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख २० गते।  

करार सेवामा नगर प्रहरी नियुक्तिका लागि काठमाडौँ महानगरपालिकाले १ सय जना नगर प्रहरी जवानका लागि आवेदन माग गरेको हो ।

वैशाख १० गते प्रकाशन गरेको सूचना बमोजिम निवेदन प्राप्त भएका ३० जनालाई करार सम्झौता गराई काम लगाइने पनि महानगरले जनाएको छ ।

सात दिनभित्र महानगरपालिका, प्रशासन विभागमा निवेदन दिन आह्वान गरेको महानगरले नेपाल प्रहरी तर्फको सूचीबाट खुलामा २४ जना, नेपाल सशस्त्र प्रहरीको तर्फबाट १४ जना, महिलातर्फ १५ जना, आदिवासी/जनजातितर्फ १२ जना, मधेसीतर्फ १ जना, दलिततर्फ ३ जना र अल्पसङ्ख्यकतर्फ १ जना गरी ७० जनाको माग गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *