लोक सेवा आयोग द्धारा शाखा अधिकृत, नायव सुब्बा लगायतका पदमा पुनः दरखास्त आह्वान

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख २० गते।

लोक सेवा आयोगले शाखा अधिकृत, नायव सुब्बा लगायतका पदमा पुनः दरखास्त आह्वान गरेको हो ।

आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर समस्या आएपछि २०७९ मंसिर, पुस र माघ महिनामा दरखास्त दिएका पदमा पुनः दरखास्त आह्वान गरेको हो ।

पहिले परीक्षा दस्तुर बुझाई दरखास्त स्वीकृत भएका र स्वीकृत हुन बाँकी उम्मेदवारले मात्र पुनः दरखास्त दिन पाउनेछन् भने २०८० जेठ १८ भित्र पुनः दरखास्त दिइसक्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *