आईपीएलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ५ रनले पराजित गर्यो

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,वैशाख २० गते।

आईपीएलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई  ५ रनले पराजित गरेको छ ।

दिल्लीले दिएको १३१ रनको लक्ष्य पछ्याएको गुजरातले कप्तान हार्किद पाण्ड्याले अर्धशतक प्रहार गरेपनि लक्ष्य भेट्न सकेन ।

गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । कप्तान हार्किद पाण्ड्याले ५३ बल खेल्दै ७ चौका प्रहार गरी अविजित ५९ रन बनाए । अभिनव मनोहरले ३३ बलमा २६ रन बनाउँदा राहुल तेवाटियाले ७ बलमा ३ छक्का सहित २० रन जोडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *