अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख १९ गते।
एमाले सांसद लक्ष्मी महतो कोइरी प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका छन् ।
२०७२ मा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याका आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
संघीय संसद सचिवालय स्रोतका अनुसार नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक पनि पत्र पठाएपछि उनलाई मङ्गलवार सभामुख घिमिरेले निलम्बनको निर्णय गरेका हुन् ।