धनुषामा थुनुवा कक्ष फोडेर फरार भएका ६ थुनुवा मध्ये एक जना पक्राउ

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,माघ १७ गते।

धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको थुनुवा कक्ष फोडेर फरार भएका ६ थुनुवा मध्ये एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मिथिला नगरपालिका वडानम्बर-६ का २८ वर्षीय रोशन महतो रहेको प्रक्राउ परेका हुन् ।

प्रहरीले उनलाई फरार भएको १२ घण्टा नबित्दै पक्राउ गरेको छ । आइतबार राति महतोसहित थुनुवा कक्ष फोडेर ६ जना विभिन्न मुद्दाका आरोपि फरार भएका थिए । धनुषा मिथिला नगरपालिका ५ का महतो यही माघ १२ गते नक्टाझिजबाट हतियार (पेस्तोल)सहित पक्राउ परेका थिए ।

महतोलाई धनुषाको मिथिला नगरपालिका-८ कुशुमविछौना स्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनलाई प्रहरीले हतियार खरिद–बिक्री गर्ने गरेको आरोपमा पक्राउ गरेको थियो ।

अन्य पाँच जनाको खोजी तीव्र पारिएको धनुषा प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *