अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ १७ गते।
पोखराका मुख्य सहरी क्षेत्रमा माघ २३ गतेदेखि सडकछेउमा पार्किङ गर्न नपाइने भएको छ ।
पोखरा महानगरपालिकाको यातायात व्यवस्थापन समितिको सोमबार बसेको बैठकले सडकमै पार्किङ गर्दा मुख्य बजार क्षेत्रमा सवारी आवागमनमा समस्या भएकाले पार्किङ निषेध गर्ने निर्णय गरेको हो ।

पोखराको पृथ्वीचोक, सभागृहचोक, न्युरोड, बीपीचोक, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजारका सडकमा पार्किङ गर्न नपाइने महानगरपालिकाले जनाएको छ ।
‘…उल्लिखित स्थानको सडक क्षेत्रमा पूर्ण रुपमा पार्किङ निषेध गरिएको हुँदा तोकिएको क्षेत्रहरुमा पार्किङ व्यवस्थापन गर्नुहुन सम्पूर्ण सरोकारवाला निकायमा यो सार्वजनिक सूचना जारी गरिएको छ,’ सूचनामा भनिएको छ, ‘सूचनाको अवज्ञा गरी निषेधित क्षेत्रमा पार्किङ गरेमा नियमानुसार हुने व्यहोरासमेत अनुरोध गरिन्छ ।’
महानगरपालिकाले सोमबार जारी गरेको सूचनामा भनिएको छ ।