रौतहटको गौरबाट भारतीय नम्बरको गाडिमा राखेर भारत तर्फ लान लागेको मदिरासहित तीन जना भारतीय नागरिक पक्राउ

अनलाईन न्युजपाटी ,रौतहट,समाचारदाता,फागुन ४ गते।

रौतहटको गौरबाट भारतीय नम्बरको गाडिमा राखेर भारत तर्फ लान लागेको मदिरासहित तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा भारत विहार राज्य जिल्ला मोतिहारी ग्राम पचपकडी वडा नम्बर १३ का ४५ वर्षिय नरेश महतो, सोही स्थानका २४ वर्षिय ओम प्रकाश कुमार र मोतिहारी ग्राम पंचायत कसवाकपुर पकरी वडा नम्बर १६ का २५ वर्षिय एमडी सलमान रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार बुधबार साँझ सो कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्लाको गौर नगरपालिका वडा नम्बर ४ दालमिलस्थित मोहन अग्रवालको बगैचा रहेको खाली जग्गामा डिएल ४ सिएनबी–०६१६ नम्बरको स्कार्पियो गाडी रोकी सौफी रक्सी लोड गरीरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरू स्कार्पियोको विभिन्न भागहरूमा रक्सी लुकाइरहेको अवस्थामा प्रहरीले पक्राऊ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *