हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्वीहरूका लागि निवेदन खुला

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,फागुन ४ गते।

हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्वीहरूका लागि निवेदन खुला गरिएको छ ।

नेपाल हज समितिले हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्वीहरूका लागि आगामी चैत ४ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन सूचना प्रकाशित गरेको छ ।

यसपटक हज यात्राका लागि साउदी अरब सरकारले नेपाललाई १२०० कोटा तोकेको छ । सोही अनुसार प्रक्रिया पुर्‍याएर निवेदन दिएका १२०० जनाले हज यात्रा गर्न पाउनेछन् ।

हज यात्राका लागि पहिलो किस्तावापतको दुई लाख २५ हजार रुपैयाँ आफ्नो जिल्ला प्रशासन कार्यालयमा बुझाएर निवेदन दिनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *