जनकपुरबाट पेस्तोलसहित एक भारतीय किशोरी पक्राउ

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,कार्तिक ८ गते।

जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी वडा नं.९ बस्ने पप्पु सहनीकी छोरी अन्दाजी १६ वर्षीया पूजा कुमारी सहनी छन् ।

प्रहरीका अनुसार उनलाई जनकपुरधामको रेल्वे स्टेसन जनिक रहेको हनुमान मन्दिरबाट मंगलबार साँझ पोने ८ बजे पक्राउ गरेको हो ।

उनको साथबाट नेपाली ६५ रुपैयाँ, भारतीय फाइभ–जी सिम एक थान र चाँदीको जस्तो देखिने मालाको लकेट एक थानसमेत बरामद भएको छ ।

उनलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि रेल्वे सुरक्षा बेश जनकपुरधाममा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *