मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएका पाइलट प्रकाशकुमार सेढाईंको उपचारको क्रममा मृत्यु

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, कार्तिक ८ गते।

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएका पाइलट प्रकाशकुमार सेढाईंको उपचारको क्रममा मृत्यु भएको छ ।

गत असोज २७ गते सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा हिजो भारतमा निधन भएको हो । नाइन– एन–एएनजे हेलिकप्टर असोज २७ गते सोलुखुम्बुमा दुर्घटनामा परेको थियो ।

दुर्घटनापछि काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराइरहेका पाइलट सेढाईंलाई परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि असोज २८ गते थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *