स्रोत नखुलेको आठ लाखभन्दा बढी रकमसहित दुई जना महोत्तरीबाट पक्राउ

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,मंसिर ८ गते।

स्रोत नखुलेको आठ लाखभन्दा बढी रकमसहित दुई जना महोत्तरीबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरीकै सम्सी गाउँपालिका ३ बस्ने वर्ष २८ का रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वर्षीय अनिल चौधरी छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०२-००६प-१६२१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुवै जनाको साथबाट स्रोत नखुलेको ८ लाख १० हजार ९२० रुपैयाँ बरामद गरेको जनाएको छ ।

दुवै जनालाई बरामद रकमसहित अनुसन्धानको लागि जलेश्वर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *