अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस २१ गते।
गृह मन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गर्न सबै जिल्ला प्रशासन कार्यलयलाई निर्देशन दिएको छ ।
मन्त्रालयले बुधबार सबै प्रशासन कार्यालयलाई कानुन विपरित संचालित क्रसर उद्योग बन्द गर्न परिपत्र गर्दै निर्देशन दिएको हो ।
मन्त्रालयले दर्ता तथा नविकरण नगरी र संचालन अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्न पनि प्रशासनलाई निर्देशन दिएको छ ।